एमाले सुदूरपश्चिम अधिवेशन : केन्द्रीय सदस्य बनाउने शर्तमा जैशी ब्याक हुँदै, तिमिल्सिनाकाे सम्भावना बढ्दै

लोकपथ
8.3k
Shares

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अध्यक्षको दाबी गरिरहेको कृष्णप्रसाद जैशी ब्याक हुने सम्भावना बढेको छ । जैशीलाई पार्टीको केन्द्रीय सदस्य बनाएर ब्याक गराउने कसरत भइरहेको एमालेका एक नेताले लोकपथलाई जानकारी दिए ।

हिजोबाट शुरु भएको अधिवेशनको सोमबार दिउँसोबाट बन्दसत्र शुरु भएको छ । धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।

एमाले सुदूरपश्चिमको अध्यक्षका लागि जैशीसँगै कमल तिमिल्सिना र वचनबहादुर सिंह आकांक्षी देखिएका छन् । जैशीले दाबी छोड्नै पर्ने अवस्था आएमा उनले तिमिल्सिनालाई समर्थन गर्ने जनाइएको छ ।

एमाले अछामको पूर्वअध्यक्षसमेत रहिसकेका तिमिल्सिना पञ्चायत कालदेखि नै राजनीतिमा आबद्ध भई अनेरास्ववियु, प्ररायुसंघ जस्ता जनवर्गीय संगठनमा काम गर्दै पार्टी राजनीतिमा स्थापित पुराना नेता हुन् । अहिलेसम्म लाभको पद नलिएका उनले सर्वसम्मत रूपमै एमाले अछामको नेतृत्व लिएका थिए ।

सुदूरपश्चिमको एमालेमा सङ्गठक र वैचारिक नेताको छवि बनाएका उनले अहिलेका अध्यक्ष दामोदर भण्डारी प्रतिनिधिसभाको सांसद भएका कारण अध्यक्ष बन्न नपाउने पार्टी मापदण्ड लागू भएपछि अध्यक्षको स्वाभाविक दाबेदारका रूपमा आफूलाई उभ्याएका छन् । उपाध्यक्षको हैसियतले समेत पार्टीको विधि–पद्धतिअनुरूप नै अध्यक्षका रूपमा एक कार्यकाल नेतृत्व गरेर अघि बढ्नुपर्ने सुझावसमेत नेता–कार्यकर्तापंक्तिको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?