काठमाडौं । सिशापाङ हिमालमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन् । गत शनिबार गएको हिम पहिरोमा तेन्जेनसँगै अर्का आरोही अमेरिकी नागरिक पनि बेपत्ता भएकी छिन् ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेन्जेन पनि हिम पहिरोमा परि बेपत्ता भएको जनाएको छ । त्यस्तै आरोही गाइड कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामीरिता शेर्पा गम्भीर घाइतेका रूपमा भेटिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया