काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपालीहरुसँग भिडियोकलमार्फत कुराकानी गरेका छन् ।
सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत सुदूूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टिम लिडर विपिन सुवेदीसँग भिडियोकलमार्फत् कुराकानी गरेका हुन् ।
इजरायल प्यालेस्टाइनबीचको युद्धका कारण बंकरमा लुकेर बसेका विद्यार्थीका टिम लिडर सुुवेदीसँग भिडियो कल गर्दै आफूहरु इजरायलमा रहेका नेपालीको उद्धारका लागि लागिरहेको बताए । त्यस्तै आफूले त्यस विषयमा कुराकानी गर्दै
मन्त्रिपरिषद् र सर्वदलीय बैठक मार्फत् थप छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
केही मानिसहरुले झुट कुरागरिरहेको बताउँदै निरन्तर आफूहरु पहल गरिरहेको बताए ।
शनिबार बिहान प्यालेस्टाइनको हमास आतंकवादी समूहले इजरायलमा अन्धाधुुन्दा गोली चलाएको थियो । सो क्रममा १० नेपालीको निधन भएको पुष्टि भइसकेको छ ।
https://www.facebook.com/rameshmalla11/videos/1484099742134050
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया