काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई राष्ट्रपति भवन बोलाएका छन् ।
इजरायलमा रहेका नेपाली नागरिकहरूको बारेमा जानकारी लिन राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री साउदलाई राष्ट्रपति भवन बोलाएका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा कुराकानी गरेका थिए ।
उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया