काठमाडौं । इजरायलको द्वन्द्वमा परी १० नेपालीको ज्यान गएको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट फसेको अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नु पर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
साथै पूर्वराजा शाहले आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो नगर्ने भन्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया