जुवातास खेलिरहेका पाँच जना पक्राउ

लोकपथ
427
Shares

काठमाडाैं । डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका-५ कीर्तिपुर बस्ने करन रोकायको घरको आगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?