राज सिग्देलको स्वर र केपी खतिवडाको संगीतमा ‘हजुर नै त हो’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
260
Shares

काठमाडौं । राज सिग्देलको स्वर तथा संगीत र के.पी खतिवडाको शब्द रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ ।

गीतको आइतबार राज सिग्देल मेलोडी यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको संगीत संयोजक एच.बि.एन. किस्मतले गरेका छन् भने भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाले अभिनय गरेका छन् ।

भिडियोको छायांकन पवन सुस्लिङले गरेका छन् भने श्रृंगार समुन्द्र भण्डारी र सम्पादन नबिन घर्ति मगरको रहेको छ । भिडियोको कोरियोग्राफर–निर्देशन मौसम हिमालीले गरेका छन् ।

सानैदेखि साहित्य सिर्जनामा सक्रिय संगीतकार खतिवडाको यसअघि पनि गीतिगजलहरु सार्वजनिक भइसकेका छन् ।

प्रेममा आधारित उक्त गीतले युवापुस्तामा राम्रो प्रभाव पार्ने आंकलन गरिएको छ साथै उक्त भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?