काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका वडा नं ८ का अध्यक्ष शेषमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा उनलाई आइतबार रानीपौवाबाट नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर टेकुमा उनीविरुद्ध चेक बाउन्स केसमा उजुरी परेको थियो । टेकु परिसरले उनलाई पक्राउ गर्न नुवाकोट प्रहरीलाई खबर गरेको थियो ।
सोही आधारमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर नुवाकोटका प्रमुख एसपी सञ्जयसिंह थापाले लोकपथलाई जानकारी दिए ।
‘चेक बाउन्स केसमा उनीविरुद्ध परेको उजुरीका आधारमा टेकु परिसरबाट आएको पत्रको आधारमा वडाध्यक्ष शेषमान तामाङलाई पक्राउ गरी टेकु परिसर पठाइएको हो ।’ थापाले लोकपथसँग भने ।
बैंकिङ कसुर मुद्दामा पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी अंगुर जिसीले लोकपथलाई जानकारी दिए ।
‘नुवाकोट प्रहरीले पक्राउ गरी उनलाई अनुसन्धानका लागि उहाँलाई परिसर ल्याइएको छ ।’ उनले भने ।
उनी गत स्थानीय निर्वाचनमा ककनी गाउँपालिका वडा नं ८ बाट नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी नेकपा एमाले ककनी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया