काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिकामा प्रहरी र विद्यार्थीबीच तनावको स्थिती सिर्जना भएको छ ।
शिक्षक सरुवाको विषयमा विद्यार्थीहरु गाउँपालिका कार्यालय घेर्न पुगेका थिए ।
गाउँपालिकाको बहुर्अवा भठ्ठास्थित श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका घेर्न पुगेका थिए ।
उक्त विद्यालयमा कार्यरत २ जना शिक्षकको सरुवा गाउँपालिकाले गरेपछि गाउँपालिका घेर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले धरपकड गरेको थियो । सो क्रममा केही विद्यार्थीहरु समेत घाइते भएको इलाका प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले लोकपथलाई जानकारी दिए ।
अहिले भीड नियन्त्रणमा आइसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया