विप्लवले मेरो नक्कल गरेर प्रचण्ड हुन्छु भन्ने सोच्नु मुर्खता : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नित्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो नक्कल गर्न खोजेको आरोप लगाएका छन् । 

सोमवार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने बताए । यद्यपी वार्तामार्फत मूलधारको राजनीतिमा आउन समेत आग्रह गरे । 

‘मैले विप्लवलाई राम्रोाग चिनेको छुँ, आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको छुँ’ उनले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन् ।’

२५ वर्ष पहिलाको परिस्थिति र अहिलेको परिस्थितिमा फरक भएको बताउँदै उनले भने, ‘प्रचण्डले गरेको नक्कल गरेर प्रचण्ड हुन्छु भनेर सोच्नु मुर्खता हो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?