सरकार र राउतबीच भएको सहमतिबारे बाबुराम भन्छन्, ‘दालमें कुछ काला है !’

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार र सीके राउतबीच भएको सहमतिबारे शंका व्यक्त गरेका छन् । 

शुक्रवार सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई लिएर सामाजिञ सञ्जाल ट्वीट मार्फत शंका व्यक्ति गरेका हुन् । उनले ‘सरकार र राउतबीच भएको सहमतिबारे ‘दालमें कुछ काला तो है!’ भन्दै ट्वीट गरेका हुन् । 

महाभारतमा ‘नरो वा कुन्जरो वा अश्वस्थामा हतोहतस्’ भन्ने संज्ञा समेत दिएका छन् । 

उनले ट्वीटमार्फत प्रश्न गरे, ‘महाभारतमा ‘नरो वा कुन्जरो वा अश्वस्थामा हतोहतस्’भन्ने द्विअर्थी कुरा गरेर द्रोणाचार्यको वध गरेझैं केपी सरकार र सीके राउतबीच सहमति त होइन ?’

‘जनअभिमतामा आधारित लोकतान्त्रिक विधि भनेर कतै जनमत संग्रह अर्थयाउन ढोका खोलिएको त हैन ?, लोकतन्त्र भनेपछि ‘जनअभिमतमा आधारित’फेरी किन भन्या होला ?’ दालमें कुछ काला तो है !


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?