जनकपुर बिग मार्टमा आगलागी

लोकपथ
91
Shares

काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जसमा करोडौँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात आगो लागेको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?