यस्तो छ आइतबारको तरकारी तथा फलफूलको मूल्यसूची

लोकपथ
259
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५० रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौँला ८० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ३५, भान्टा डल्लो ५०, भान्टा लाम्चो २०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ९०, निगुरो ७०, रातो बन्दा ३००, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै कुरिलो प्रतिकेजी ४५०, लप्सी प्रतिकेजी ५० रुपैयाँ, हरियो धनियाँ १८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, पुदिना प्रतिकेजी ५००, अमला ६०, तोफु ११०, पिँडालु ५०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला ८०, रुख टमाटर १२०, कन्य च्याउ ७०, तने बोडी प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार केरा दर्जनको १५०, अनार ३५०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २००, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?