बुटवल । आइतवार जनकपुरमा सीके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेशको नारा’ लगाउनुलाई सरकारले अन्तिम विदाई कार्यक्रम भएको टिप्पणी गरेको छ ।
प्रदेश ५ स्तरीय सुरक्ष गोष्ठीमा सहभागी हुन भैरहवा पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘स्वतन्त्र मधेशको नारा’ लगाउनु अन्तिम विदाई भएको बताएका हुन् ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत आइतवार जनकपुर विमास्थल पुगे लगत्तै उनका कार्यकर्ताहरुले स्वतन्त्र मधेशको नारा लगाउनुका साथै फ्रि मधेश लेखिएको झण्डा, बुलेट प्रफु ज्याकेट, कालो चश्मा र माक्स लगाएर सीके राउतलाई स्वागत गरेका थिए ।
‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ,’ प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘त्यो अन्तिम विदाईको कार्यक्रम हो ।’
यही फागुन २४ गते काठमाडौंमा सरकारसँग ११ बुँदे सहमति गरेको दुई दिनपछि सीके राउत जनकपुर पुगेका थिए ।
यसैबीच गृहमन्त्री थापाले भने, ‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएका कारण त्यस्तो हुन गएको हो, त्यो अन्तिम विदाईको कार्यक्रम हो ।’
साथै सरकारले शान्ति सुरक्षाका लागि खरता रहेको स्वतन्त्र मधेश गठबन्धनलाई मूलधारमा ल्याउन सफल भएको उनले बताए ।
यसैगरी सञ्चाकर्मीले जनमत संग्रहबारे सोधिएको प्रश्नको जवाफमा गृहमन्त्री थापाले भने, ‘मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको र राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्छ ।’
त्यस्तै गृहमन्त्री थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपा समूहलाई हिंसात्कम गतिविधि रोकेर वार्तामा आउन आग्रह समेत गरेका छन् ।
सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया