काठमाडौं । मधेश प्रदेशको बारा जिल्लामा विभिन्न पार्टी परित्याग गरी दुई हजारभन्दा बढी मानिसहरु नेकपा एकीकृत समाजवादी पार्टी (एस)मा प्रवेश गरेका छन् । पार्टीको मेची महाकाली समाजवादी जागरण अभियानअन्तर्गत गत बिहिबार र शुक्रबार बारामा भएको बेग्लाबेग्लै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ हजारभन्दा बढी व्यक्तिहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
बारा–४ का संघीय संसाद किसान श्रेष्ठको पहलमा आयोजना भएको कार्यक्रममा जीतपुर सिमरा–७ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । जसमा बारा ४ (क) प्रदेश सभा सदस्य उम्मेदवार सन्तोष कुशवाहको नेतृत्वमा जीतपुर सिमरा वडा नं ८ का निवर्तमान वडाध्यक्ष रामबाबु पटेल, समाजसेवी आशा दाहाल पार्टी प्रवेश गरेका थिए । त्यस्तै, वडा नं २१ अम्लेखगञ्जमा मानबहादुर विकको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
साथै, आज शनिबार भएको कार्यक्रममा पनि दर्जनौँ मानिस पाटी प्रवेश गरेको केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले जानकारी दिए ।
गत मंसिरको निर्वाचनमा श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएसँगै यो क्षेत्रमा एकीकृत समाजवादीको प्रभाव बढ्दै गएको छ ।
कार्यक्रममा सांसद श्रेष्ठले अगामी ४ वर्षपछि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले एक्लैले चुनाव जित्ने गरी जनताको विकासको काम गर्ने बताए । साथै, पार्टी प्रवेश गर्ने सबैलाई ससम्मान संगठित रुपमा पार्टी कमिटिभित्र समेटेर लैजाने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘हाम्रो पार्टीप्रति दिनप्रतिदिन जनविश्वास बढ्दै छ,’ उनले भने, ‘यो आकर्षणलाई अझै बढाउँदै लैजाने छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया