रेशम चौधरीको निर्णयपछि सरकारलाई गरेको समर्थन फिर्ता लिनु संयोगमात्र : राजपा नेता झा

काठमाडैं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो माग पूरा गराउन छिट्टै आन्दोलन शुरु गर्ने बताएको छ । 

सोमवार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले अब आफ्नो माग पूरा गराउन सदन र सडकबाट पुनः आन्दोलन शुरु गर्ने बताएका हुन् ।

‘आफूहरुले २०४० सालबाटै मधेश र मधेशी जनताको माग पूरा गराउन आन्दोलन गर्दै आएको र सरकारबाट आफ्नो मागको विषयमा पटक–पटक धोका खाँदै  आइरहेका छौँ’ उनले भने । 

उनले भने, ‘सांसद रेशम चौधरीविरुद्ध अदालतको निर्णयपछि सरकारसँग गरेको समर्थन फिर्ता लिनु एउटा संयोगमात्र भएको हो, यद्यपी सरकारको दम्भका कारण समर्थन फिर्ता लिएका हौँ ।’ 

‘सरकारलाई गरेको समर्थन फिर्ता लिनेबारे पार्टीमा लामै समय बहस भएको थियो, आफ्ना मागका विषयमा सम्बोधन हुनेमा झिनो आश बोकेर सरकारलाई समर्थन गरेका थियौं, तर सरकारले वेबास्ता गरेकै कारण हामी यो निर्णयमा पुगेका हौँ’ उनले सञ्चारमर्कीसँग भने । 

यसैगरी आफूहरु संवैधानिक र शान्तिपूरा तरिकाले आफ्नो मागहरु सम्बोधनका लागि सरकारलाई दबाव सृजना गर्ने तयारीमा रहेको झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?