कोशी प्रदेश : मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी

लोकपथ
105
Shares

विराटनगर । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?