२० मङ्सिर २०८०, बुधबार

देउवासहित कांग्रेसका २२ उम्मेदवारको टुंगो लाग्यो, को कहाँ ? (सूचीसहित)

२०७४,कार्तिक,९,बिहीवार १६:४२

0
Shares

काठमाडौँ, ९ कात्तिक – नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय समितिको बैठकले उक्त उम्मेदवारी टुंगो लगाएको हो । सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नेछन यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्ने छन् यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नंं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार