काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेद बहादुर श्रेष्ठले सरकार र राष्ट्रबैंकको कारण अर्थतन्त्र विग्रिएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सिन्धुपाल्चोक जिल्लाका विद्यार्थी सम्मान कार्यक्रममा उनले सरकार र राष्ट्र बैंकको कारण अर्थतन्त्रमा समस्या आएको दाबी गर्दै सरकारले सुधार गरेर सहज वातावरण नबनाए दशैंपछि आन्दोलन गर्न महासंघ पछि नपर्ने बताए ।
उनले भने, ‘देशमा १६८ वटा उद्योग वाणिज्य संघ,जिल्ला र नगरहरु स्थापना भएका छन् । हातमा हात मिलाएर देशैभरी आन्दोदनमा हिड्नुपर्ने जस्तो देखिन आएको छ । अहिले नेपाल सरकार र राष्ट्र बैंकबीच असमझदारीको कारणले व्यवसायीको हितमा कुनै काम नभएकोले अहिलेको स्थितिमा व्ययसायीमाथि थिचोमिचो भएको महशुस महासंघले गरेको छ ।’
कार्यक्रमकको सिन्धु युएसए वोलफेयर सोसाइटीको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले संयुक्त रुपमा सिन्धुपाल्चोक जिल्लाबाट ०७९ मा उत्कृष्ट नतिजा ल्याएर माध्यामिक शिक्षा परिक्षा -एसइई _ उर्तिण गरेका विभिन्न विद्यालयका पाँच जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
सम्मानित हुनेमा मेलम्ची घ्याङ मावी मेलम्चीका विवेक श्रेष्ठ, सोहि विद्यालयका आश्विन तामाङ, बाल शिक्षा मावी खाडिचौरकी संस्कृति चालिसे, प्रगति इङ्लिस सेकेण्डरी स्कूल मेलम्चीकी खुशी श्रेष्ठ र सजना बस्नेत रहेका छन् । सासाइटिको सहयोगमा कक्षा १२ उर्तिण गरेका विद्यार्थी विनोद ताामङ पाख्रिनलाई पनि कार्यक्रममा बधाई सहित सम्मान गरिएको छ ।
सम्मान पछि पाख्रिनले सिन्धु सोसाइटिको सहयोगप्रति खुशी व्यक्त गर्दैै उनले सोसाइटिको कामको प्रशंसा पनि गरे । उनले आगामी दिनमा उक्त सहयोगको निरन्ताका लागि कामना समेत गरेका छन् । सिन्धु युएसए वोलफेयर सोसाइटीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका अन्य २२ जना विद्यार्थीको शैक्षिक जिम्मेवारी लिएर उच्च शिक्षा अध्ययनमा सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया