एमाले र अरु दशैँ मनाउँन घर जानुमा फरक हुनुपर्छ’ : अध्यक्ष ओली

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, दशैँमा घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर फर्किन निर्देशन दिएका छन् ।

आज दशैं, तिहार र छठपर्वको अवसरमा नेकपा एमालेले आयोजना गरेको शुभकामाना आदानप्रदान कार्यक्रममा उनले अरु र एमालेका कार्यकर्ता दर्श मनाउन घर फर्किदाँ फरक उद्देश्य हुनु पर्ने बताए ।

‘एमाले घर फर्किएको र अरु दशैँ मनाउँन घर जानुमा फरक हुनुपर्छ । हामी यति बेला  पनि भ्रमको तुवालो हटाउँने कसरी, सत्यको दियो जलाउँने कसरी, नपुगेका स्थानमा प्रकाश पु¥याउँने कसरी, असंगठित मानिसलाई संगठित गर्ने कसरी, यो चाडलाई बत्तिको चाड भनिन्छ, यो चाडमा दियो मात्रै होईन चतनाको दियो भने बाल्ने चाडको रुपमा परिनत गर्न थोरै भएपनि प्रयास गरौं ।’ उनले भने ‘तास खेलेर समय बर्बाद किन गर्छन् मलाई थहा छैन, यसरी समयको बरबाद नगरौं, जुवातास नखेलौं । चाडपर्वको समयमा नराम्रो काम किन गर्नु, राम्रा राम्रा काम गरौं, सामाजिक सद्भावका कुराहरु गरौं ।’

उनले विरोधीले सत्य सुन्नै नचाहेको भन्दै सत्य उजागर गर्नु पार्टीका कार्यकर्ताको दायित्व भएको बताए ।

‘विरोधीलाई सत्य सुन्नै हुदैँन्, सुन्यो भने कस्तो निन्द्रा नलागेको होला । समाज ठिक ठाँउमा लानको लागि राजनीति आवश्यक छ, तर राजनीतिको जुन उद्देश्य हो जनताको, देशको र मानव जातिको सेवा र सत्य तथ्यको निष्ठा त्यो कुरा राजनीतिमा हुनुपर्छ । कोही कोही इमान्दार हुन्छन्, कोही कोही हुदैँनन् । त्यो नछुट्याईकन सबै बेइमान हो भनेर भन्न मिल्दैँन् । समाजलाई हानी पु¥याउँने काम नगरौं, यसले आफ्नै प्रतिष्ठानलाई हानि हुन्छ । ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?