मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहान कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया