काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा अदालतले २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।
ब्रेक सुभित्र राखेर ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।
न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले थुनछेक बहसपछि शुक्रबार उक्त आदेश गरेका हुन्। भन्सार एजेन्ट रुक्मिना सुब्बासँग भने ५ लाख रुपैयाँ धरौटी मागिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले २९ जनालाई प्रतिवादि बनाएर सुन तस्करी र संगठित अपराधमा मुद्धा दायर गरेको थियो। हङकङबाट भन्सारको सामानमा लुकाएर ल्याइएको अवस्थामा राजस्व अनुसन्धान विभागले ६० केजी सुन बरामद गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया