काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैंका लागि असोज २२ गतेबाट सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हाे ।
हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएकोसमेत मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया