सातामा सेयर बजार : नेप्से १९ सय ५६ बिन्दुमा पुग्दा सात अर्ब ८० करोडको कारोबार

लोकपथ
78
Shares

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता पनि सेयर बजार खासै सुखद हुन सकेन । साताको सुरुवाती कारोबार दिन देखि नैं ओरालो लागेको सेयर बजारको यात्रा अन्तिम कारोबार दिनसम्म कायम रह्यो ।

यद्यपि, दोस्रो र चौंथो दिन बजार परिसुचक उकालो लागेको भएपनि यसले नेप्से सुचक एवं कुल साप्ताहिक कारोबार रकममा अपेक्षाकृतरुपमा सुधार ल्याउन सकेन । जसले गर्दा यो साता नेप्से १९ सय ५६ दशमलव ९२ अंकमा सिमित हुन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ३७ अंकमा सिमित हुन पुग्यो ।

यो साता कुल दुुई सय ८६ वटा कम्पनीहरुको तीन लाख ३२ हजार दुई सय ९७ पटकको कारोबारमा दुई करोड ५३ लाख ५१ हजार आठ सय ५८ कित्ता शेयर खरिद बिक्री भएको थियो । सो अनुसार यो साता कुल कारोबार रकम सात अर्ब छ करोड ३३ लाख ५२ हजार नौं सय ६३ रुपैंयाँ ८१ पैसा कायम रहन पुग्यो । यो कारोबार रकम गत साता कै हाराहारीमा हो ।

गत साता दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ९६ हजार चार सय १४ पटकको कारोबारमा तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल कारोबार रकम सात अर्ब ८० करोड छ लाख ३७ हजार दुई सय १८ रुपैंयाँ २० पैसा पुगेको थियो । यो साता पाँच दिन नैं खुल्ला रहेको नेप्से पहिलो, तेस्रो र पाँचौं दिन घटेको थियो भने दोस्रो र चौंथो दिन बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेष गर्दा यो साता पहिलो, तेस्रो र पाँचौं दिन घटेको नेप्से दोस्रो र चौंथो दिन भने बढेको थियो । जसमध्ये पहिलो दिन ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० अंकमा सिमित भएको नेप्से दोस्रो दिन भने पाँच दशमलव १९ अंकले बढेर १९ सय ७६ दशमलव २९ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन भने पुन १७ दशमलव ५६ अंकले घटेर १९ सय ५८ दशमलव ७२ अंकमा खुम्चिएको नेप्से चौंथो दिन नौ दशमलव २४ अंकले बढेर १९ सय ६७ दशमलव ९७ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने नेप्से ११ दशमलव चार अंकले घटेर १९ सय ५६ दशमलव ९२ खुम्चिएको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन शुन्य दशमलव ६६ अंकले बढेर तीन सय ७८ दशमलव शुन्य छ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन तीन दशमलव ६६ अंकले घटेर तीन सय ७४ दशमलव ३९ सिमित भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने शुन्य दशमलव ५१ अंकले बढेर तीन सय ७४ दशमलव ९० अंकमा पुग्न सफल भएको थियो । पाँचौं कारोबार भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ५३ अंकले घटेर तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिन पुगेको थियो ।

यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?