काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले जघन्य अपराधिलाई आममाफी दिएकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले, सरकारले जघन्य अपराधमा रहेका मानीसलाई आममाफीको प्रक्रियाबाट छाडेकोमा आपत्ति जानाउँँदै कानून बनाएरमात्रै समाज आफैमा सुन्दर नबन्ने भएकाले कार्यान्वयनमा गम्भीर हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘ठूलाको लागि जेल बनाउनुभन्दा सानाको लागि विद्यालय बनाउनु राम्रो कुरा हो । सरकार यो बेला एकातिर सानालाई व्यवस्थित विद्यालयको परिकल्पना गर्दैछ । अर्कातर्फ ठूलाका लागि जेल बनाउनुहुन्न भन्ने कुरा त सही हो । जघन्य अपराधमा रहेका मानीसलाई आममाफीको प्रक्रियाबाट छाड्दैछ । त्यसैले कानून बनाएरमात्रै समाज आफैमा सुन्दर बन्दैन । कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ ।’
उनले अहिलेको सरकारले कैयौं निर्णयहरुमा कमजोरी गर्दै आईरहेको भन्दै शिक्षा विधेयक निर्णयमा कमजोरी नगर्न आग्रह गरे ।
सांसद शर्माले शिक्षकहरुको आन्दोलनक्रममा भएका सम्झौताहरूलाई संशोधनको अंग बनाई परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया