सरकारलाई सांसद थापाको प्रश्न : के–का लागि, कसका लागि जनमत संग्रह ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार र सीके राउतबीच भएको सहमतिले शंका पैदा गरेको बताएका छन् । 

आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधानको घेरा भित्र रहेर मधेशी जनताको हक अधिकार खोजिने भनि गरेको सम्झौता सकरात्मक भएपछि सहमतिको दुईशज्दावलीको व्याख्याले आशंका पैदा गरेको बताएका हुन् । 

सहमतिको पृष्ठभूमिले सरकार र अदालतबीच कतै मिलेमतो भएको त हैन ? थापाले भने, यो हो भने यसले नागरिकलाई आशंका पैदा गराएको छ ।

‘सहमतिमा प्रयोग भएको दुई शव्दवली दुई पक्षले आ–आफ्नै व्यख्या गरेको छ, यसबारे सरकारले जवाफ दिनुपर्छ’ सांसद थापाले भने । 

यसैगरी सरकार र सीके राउतबीच भएको सहमतिबारे सांसद थापाले प्रश्न गर्दै भने, के का लागि जनमत संग्रह, कसका लागि जनमत संग्रह उत्तर चाहिन्छ ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?