काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको बताएका छन् ।
सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिपछि सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको नेता बस्नेतले बताएका हुन् । आजको प्रतिनिधिसझाको बैठकमा बोल्दै उक्त सम्झौतालाई सरकार तत्कालिन माओवादीबीच भएको शान्ति सम्झौतापछिको महत्वपूर्ण सम्झौताको संज्ञा दिएका छन् ।
नेता बस्नेतले मुलुकमा पृथकतावादी आन्दोलन अन्त्य हुँदा मानवअधिकारवादी र डलरवादीको खेती रोकिएपछि एकथरीले विरोध गरेको आरोप लगाए ।
'उहाँहरुलाई सबैलाई सिटामोल खुवाएपछि दुई चार दिनमा ज्वरो कन्ट्रोल हुन्छ जस्तो लाग्छ’ बस्नेतले भने ।
सम्झौतामा सिके राउतले शान्तिपूर्ण र लोकतान्त्रिक बाटो अपनाउने उल्लेख गरिएको र जनमत संग्रहको उल्लेख नै नभएको उनको भनाई छ ।
सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सीके राउतबीच भएको राजनीतिक सम्झौताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिको शिखर व्यक्ति र राजनेताको रुपमा चिनाएको उनले दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया