रिगल लगायत गम्भीर आरोप लागेकालाई आममाफी दिएकोप्रति गगनको आपत्ति

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फौजदारी अभियोग लागेका व्यक्तिलाई आममाफी दिएकोप्रति आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले आफूलाई आवश्यक परेको बेला कानुनको अपब्याख्या गरेर दण्डहीनतालाई प्रयस दिएको बताए ।

फौजदारी अभियोग र गम्भीर आरोप लागेका व्यक्तिलाई आममाफी दिनका लागि मन्त्रिपरिषद्ले किन सिफारिस गरेको भन्दै प्रश्न गरे ।

त्यस्तै कोही व्यक्ति व्यक्तिगत त्रुटिका कारण जेलमा बस्नुपर्ला भन्ने आसयका साथ संविधान नै संशोधन गरेको विषयमा अपव्याख्या गरी फौजदारी अभियोग लागेका र जन्मकैद पाएका व्यक्तिलाई आममाफी दिन नहुने बताए ।

मन्त्रिपरिषद्को आग्रहमा राष्ट्रपतिले दिएका आममाफीका विषयमा सरकारसँग त्यसको कारण माग गरे ।

२०७६ साल भन्दा यता विभिन्न विशेष अवसरमा ६ हजार ७ सय ४७ जनाले सुविधा उपभोग गरिसकेको बताए ।

त्यस्तै यसअघि पनि अदालतको अपहेलना मुद्दा खेपिरहेको व्यक्तिले पनि विशेष अवसरमा उन्मुक्ति पाउनु गम्भीर रहेको बताए ।

असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीलाई आममाफी दिएका थिए । त्यसमध्ये नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ ले आममाफी पाएसँगै त्यसको चर्को विरोध भइरहेको छ । कांग्रेस निकट नेपाल तरुण दलका नेता समेत रहेका उनले चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको आरोपमा जन्मकैदको सजाय पाइरहेका थिए । तर उनलाई मन्त्रिपरिषद्को सिफारिसमा आममाफी दिएपछि सरकारको चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?