दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाट काठमाडौं फर्कियो

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै  फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार काठमाडौं–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’ मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो ।

पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौं फर्काएका थिए ।

जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ ।

उक्त जहाजको यात्रुलाई अर्को जहाज व्यवस्था गरेर गतव्यमा पठाइने विमानस्थल कार्यालयले जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?