पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन अन्तर्गत मतदान शुरु भएको छ । गण्डकी केहीबेर अघिदेखि मतदान शुरु भएको हो ।
त्यहाँ केही मत खसेपछि अध्यक्षका उम्मेदवारले अनुगमन पनि गरेको र अहिले मतदान निरन्तर भएको निर्वाचन संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए ।
गण्डकीमा ९०७ जना मतदाता छन् भने अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी नेतृत्वको लागि प्रतिस्पर्धामा छन् । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघि लुम्बिनी, बागमती र कर्णाली प्रदेशमा अधिवेशन सकिइसकेको छ। लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल र कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन्। यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया