निर्वाचित वडाध्यक्ष नै किन प्रवेश गरे माओवादी ?

 काठमाडौँ, ९ कात्तिक – ललितपुरको गोदावरी नगरपालिका वडा नं ८ का निर्वाचित वडाध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आज नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् आज साँझ लाजिम्पाटमा आयोजित कार्यक्रममा स्वतन्त्र रुपमा वडाध्यक्षमा निर्वाचित लामा, वडा सदस्य आत्माराम खड्का, राजकुमार दनुवार, विन्दु तामाङ, चनमती सुनुवार, नगर सदस्य सरोज दनुवारलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् नवप्रवेशी वडाध्यक्ष लामाले स्थानीय तहको निर्वाचनमा आफूहरुले कुनै पार्टीमा नलागी चुनाव लडेको भए पनि मुलुकको आवश्यकतालाई ध्यान दिएर माओवादी केन्द्रमा प्रवेश गरेको बताउँदै भने , “माओवादी केन्द्रको नीति, कार्यक्रम र योजनाबाट मात्रै स्थानीय तहलाई नमूना योग्य बनाउन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएका छौँ ।”उनीहरुलाई पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र उम्मेदवारका हैसियतले निर्वाचन जित्ने कुरा सामान्य हैन भन्दै माओवादी पार्टीको नीति र योजनाबाट मात्रै स्थानीय तहका जनप्रतिनिधिले जनचाहनानुरुप काम गर्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?