नयाँ नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु

लोकपथ
533
Shares

भिएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ ।

मिडिया हवको निर्माणमा तयार भएको भैरबीले रिलिजको छोटो समयमै दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।

दैविक शक्ति, प्राकृतिक सुन्दरता तथा सामाजिक कथावस्तु समेटेको भैरबीमा ओकेश पनेरुको लेखन तथा निर्देशन रहेको छ ।

नेपाली सिरियलमा नयाँ प्रयोग रहेको भैरबीलाई दर्शकहरुले फरक प्रकारले हेरिरहेको बुझिएको छ ।

आगामी दिनमा अझ राम्रो हुने आशा सहित भिडियोमा आएका प्राय सबै प्रतिकृया तथा सुझाव सकारात्मक छन् ।

भैरबीमा टिकटककी चर्चित मोडल दीपा शाही, चर्चित कलाकार हिउँबाला गौतम, अमृता श्रेष्ठ, मञ्जु श्रेष्ठ, रत्न प्रजापती, अस्मिता बस्नेत, राजु सिंह, बालकलाकार आरध्या डिसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

बिनय कार्की पाश्र्व संगीत, शुभास देवकोटाले सम्पादन गरेको भैरबीका दृश्यलाई थप दमदार देखाउन भुपेन तिवारीले भिएफएक्स गरेका छन् भने सोम धिताल र सिद्धार्थ धिताल प्रमुख निर्माता हुन् ।

प्रत्येक सोमबार साँझ ६ः४५ बजे मिडिया हव अफिसियल च्यानलमार्फत साप्ताहिक रुपमा भैरबी प्रशारण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?