कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उनले विकसित देशले खेलकुदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
खेलाडीको भविष्य सुनिश्चित नहुँदासम्म नयाँपुस्ताका खेलाडी खेल क्षेत्रमा नआउने भन्दै उनले भने, ‘खेलाडीको भविष्य सुनिश्चित नभएसम्म खेलक्षेत्रको समृद्धिको परिकल्पना गर्न सकिँदैन । खेलाडीको सेवासुविधालाई सरकारले प्राथमिकतामा राखेको छ ।’
मन्त्री विश्वकर्माले देशका सात प्रदेश र ७ सय ५३ स्थानीय तहमा एक÷एक खेल ग्राम निर्माणका लागि सरकारले कार्यविधि पारित गरिसकेकाले पूर्वाधारको अभावमा खेलाडीले भोगिरहेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्त्री विश्वकर्माले प्रदेशस्तरीय छनोटमा परेका विभिन्न खेलका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया