काठमाडौं । सन् २०२५ का लागि अमेरिकी डाइभर्सिटी भिषा (डिभी) को आवेदन आजबाट खुल्ने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै आज राति ९ः४५ बाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी आवेदकले नोभेम्बर ७ को राति १०ः४५ बजेसम्म आवेदन दिन सकिनेछ ।
राजदूतावासका अनुसार उक्त आवेदन निशुल्क दिन सकिनेछ । त्यस्तै त्यसको छनोट मे–२०२४ मा हुनेछ ।
आवेदकहरुले ६ महिना भन्दा यता खिचेको हालसालको फोटो आवश्यक हुनेछ भने आफ्नो आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्ष भन्दा कम उमेरका सबै अविवाहित सन्तानहरुको जानकारी राख्नुपर्ने हुन्छ ।
राजदूतावासका अनुसार dvprogram.state.gov बाट आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया