कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिँदै

लोकपथ
156
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते शनिबार विश्वासको मत लिने भएका छन् ।

सर्वोच्च अदालतको परमादेशसँगै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत लिएका हुन् । सर्वोच्चको आदेशसँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आजबाट प्रदेश सभाको चौथोँ अधिवेशन शुरु भएको छ ।

यदी सो दिन कार्कीले विश्वासको मत लिन नसकेका उनी स्वतः पदमुक्त हुने र प्रदेश सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बन्नेछ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले बहुमत पुर्याउने प्रदेशसभाका जुुनसुकै सदस्यले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न पाउनेछन् ।

कोशी प्रदेशसभामा विश्वासको मतका लागि ४७ मत आवश्यक पर्दछ । तर उनको दल नेकपा एमालेसँग हाल ४० मत मात्रै रहेको छ । यसअघि पटकपटक एमालेलाई साथ दिँदै आएको राप्रपाले पनि यसपाली विश्वासको मत नदिने भएको छ । यसअघि पनि उनको दलको ४० र राप्रपाको ६ गरी ४६ मत मात्रै पाएका उनले एक मतको कारण विश्वासको मत पाएका थिएनन् ।

कोशी प्रदेश सभामा हाल एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?