काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हेटौँडा शाखाका प्रमुख निराजन देवकोटा त्रिशुली नदीमा हामफालेर बेपत्ता भएका छन् ।
देवकोटा सोमबार साँझ साढे ६ बजेको समयमा धादिङको गजुरी गाउँपालिकास्थित घाटबेसीको नयाँ पुुलबाट त्रिशुुली नदीमा हामफालेका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नं २ चौकी टोलका देवकोटाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले लोकपथलाई जानकारी दिए ।
प्रहरीमा खबर आएसँगै गोताखोर परिचालन गरेर खोजीकार्य भइरहेको मिश्रले जानकारी दिए ।
‘उहाँ सोमबार साँझ साढे ६ बजेको समयमा धादिङको घाटबेसीस्थित नयाँ पुलबाट नदीमा हामफालेर बेपत्ता भएको भन्ने खबरपछि हामीले गोताखोर परिचालन गरेर खोजीरहेका छौँ ।’ उनले भने ।
देवकोटा लामो समयदेखि मेगा बैंकमा काम गर्दै आएका थिए । इन्भेष्टमेन्ट र मेगा मर्ज भएपछि उनलाई हटौँडा ब्रान्चको प्रमुखको जिम्मेवारी दिइएको थियो ।
उनले के कारणले नदीमा हामफाले भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । पारिवारिक स्रोत र बैंकका उनका साथीहरुसँग सोधीखोजी गरि अनुसन्धान अघि बढाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया