काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेकी भारती मानन्धरको न्यायका लागि सरकारसँग माग गरेका छन् ।
भारतीले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल (रिगल) को उन्मुक्तिपछि उनी न्यायको लागि अनशन समेत शुुरु गरेकी छिन् । रिगलले २०७२ सालमा उनका श्रीमान चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । रिगललाई अदालतले आजीवन कारावासको सयाज सुनाएपनि उनलाई राष्ट्रपतिले संविधान दिवसका अवसरमा आममाफी दिएका थिए ।
पूर्वमन्त्री समेत रहेका गिरीले सामाजिक सञ्जालमा लेख्दै पीडितलाई न्याय दिनुको साटो राजनीतिक सौदाबाजीका लागि पिडकलाई उन्मुत्ति दिनुले कानुनी राज्यको उपहास गरेको बताए । साथै अनशनमा रहेकी भारतीको न्यायको माग गर्दै जीवन रक्षासहित न्यायका लागि सरकारसँग जोडदार माग गरेका हुन् ।
‘पिडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पिडकलाई उन्मुक्ति दिएको कुराले कानुनी राज्यको उपहास भएको छ । आफ्नो श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएकी भारती मानन्धरको जीवन रक्षाको माग गर्दै न्याय दिलाउन सरकार संग जोडदार माग गर्दछु ।’ उनले भनेका छन् ।
त्यस्तै गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई राज्यले उन्मुक्ति दिँदा विधिको शासन, कानुनी राज्य र संविधानको समेत बर्खिलाप हुने उनले बताए ।
‘गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई यसरी नै राज्यले उन्मुक्ति दिदाँ विधिको शासन , कानुनी राज्य र संविधानको बर्खिलाप हुन गएको छ ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया