काठमाडौं । संविधान दिवसका अवसरमा आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफीविरुद्ध परेको रिटको बिहीबारका लागि पेशी तोकिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा जन्मकैद पाएका रिगलको आममाफीविरुद्ध आइतबार भारती मानन्धरले उनलाई जेलमा राख्नुपर्नेमासहित सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।
२०७२ सालमा रिगलले नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका नेता समेत रहेका उनलाई आममाफी दिएपछि राष्ट्रपति पौडेलको समेत चौतर्फी विरोध भइरहेको छ ।
उनलाई आममाफी दिएपछि चेतनकी पत्नी भारतीले आजबाट अनशन समेत शुरु गरेकी छिन् । तर उनी आज सर्वोच्च अदालतमा पुगेका बेला बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया