काठमाडौं । संविधान दिवसमा राष्ट्रपति आममाफी पाएका योगराज ढकाल (रिगल) लाई माफी दिएको विरोधमा न्याय माग्दै भारती मानन्धरले अनशन शुरु गरेकी छिन् ।
२०७२ सालमा चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या अभियोगमा अदालतबाट जन्मकैदको सजाय पाएका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए । त्यसको विरोधमा चेतनकी पत्नी भारतीले आजबाट माइतीघरमा अनशन शुरु गरेकी हुन् ।
कांग्रेस निकट नेपाल तरुण दलका नेता समेत रहेका रिगलको आममाफीविरुद्ध सरकार र राष्ट्रपतिको समेत अहिले विरोध भइरहेको छ ।
मान्छे मारेर जेलमा रहेको व्यक्तिलाई आममाफी दिँदा आफूहरुमा थप अन्याय भएको भन्दै न्याय माग्दै उनले आजबाट अनशन शुरु गरेकी हुन् ।
भारतीले रिगलविरुद्ध सर्वोच्चमा मुद्दा समेत दायर गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया