कस्तो छ अहिले नेपालगञ्जको अवस्था ?

लोकपथ
315
Shares

काठमाडौं । धार्मिक विषयमा अशान्त बनेको बाँकेको नेपालगञ्जको अवस्था अहिले शान्त देखिएको छ ।

केहीदिनदेखि हिन्दू–मुस्लिम समुदायबीचको तनावका कारण जिल्ला प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू  लगाएको छ ।

कर्फ्यू जारी गरेपछि अहिलेको वातावरण शान्त रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडियो) विपीन आचार्यले लोकपथलाई जानकारी दिए । साथै सबै सुरक्षा निकायसँग छलफल गरी वातावरणलाई थप सहज बनाउने प्रयास भइरहेको उनले बताए ।

कर्फ्यूपछि अहिलेको वातावरण शान्त छ । अतिआवश्यक परेको बाहेक मानिसहरु बाहिर निस्किएका छैनन् ।’ प्रजिअ आचार्यले भने, ‘हामी सबै सुरक्षा निकायसँग छलफल गरी वातावरण थप सहज बनाउने प्रयासमा छौँ ।’

हिन्दुहरुको समूहले मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए । जसको झडप हुन सक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको गरिएको थियो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।

नेपालगञ्जलमा मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?