काठमाडौं । ईन्जिनियरङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लगाउने बिभागिय प्रमुखहरुको कदमप्रति अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले कडा आपत्ति जनाएका छन् ।
मंगलबार पुल्चोक क्याम्पसका ६ जना बिभागिय प्रमुखले विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनहरुलाई क्याम्पस चलाउ भनेकोमा मैनालीले प्रतिवाद गरेका हुन् ।
मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छन् ।“’ईञ्जिनियरिङ अध्ययन संस्थान’ हो कि ’एकान्तकुनाको यातायात कार्यालय’ ?? बस व्यबसायीसंघ संचालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडे बडे कुर्सिमा बस्नेहरु लाज ढाक्नुस्,’ उनले भनेका छन,‘प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो !
हरेक बर्ष झैं प्रवेश परिक्षाकाबेला बिभिन्न समश्या देखाउँदै समयमा परिक्षा लिन असफल आइओई प्रशासन यसपाली पनि महिनौंदेखि समस्यामा रमल्लिएको छ ।
मैनालीले विभागिय प्रमुखहरुको कदमलाई गैर जिम्मेवारीपनको हद भनेका छन् ।
लामो समयदेखी शुल्क वृद्धिसँग सम्बन्धि विवादमा अल्झिएको आइओई ले यो बर्ष प्रवेश परिक्षा सँचालन गर्न नसक्दा अभिभावक र बिध्यार्थी चिन्तित छन् भने ,मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै बिद्यार्थी विदेशी विश्वबिद्यालयमा जानेक्रम तिब्र भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया