काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले जनयुद्दको शुरुवात भएको दिन महान भएको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका शर्माले सो कुरा बताएका हुन् ।
आजकै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले फागुन १ गते जनयुद्द दिवसमा दिइएको बिदा हटाउन प्रधानमन्त्रीलाई चेतावनी दिएका थिए । उनले सशस्त्र द्धन्दका क्रममा धेरै मानिसहरु मरेको भन्दै उक्त दिनलाई बिदा दिएर शहीद परिवारलाई दुुखमाथि दुख थपिदिएको भन्दै कटाक्ष गरेको थिए ।
ओलीको उक्त भनाइप्रति आपत्ति जनाउँदै शर्माले उक्त दिनले नै नेपाली जनताको अधिकार स्थापित गरेको भन्दै जनयुद्द दिवस महान रहेको टिप्पणी गरे ।
‘संविधानमा जनताका जे अधिकारहरु लेखिएका छन् । ती लेखिएका अधिकारहरुलाई यो सार्वभौम संसदसम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको दिन हो फागुन १ गते’, शर्माले संसदमा सम्बोधन गर्दै भनेका थिए, ‘जहाँ गरिबहरुले उत्पीडकहरु, महिलाहरु, जनजाति, मधेशीहरु, दलित, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन हो ।’
उक्त दिन बिदा दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै सोही दिनले जनतामा परिवर्तन ल्याएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया