राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन भयो : सांसद सुवाल

लोकपथ
70
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन हुन नहुने बताएका छन् ।

राष्ट्रपतिले शासक दलका कार्यकर्ता ज्यान मारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत भएको उनको भनाई छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन नभएको भन्दै राष्ट्रपतिले शासक दलका कार्यकर्ता ज्यान मारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत भएको बताएका हुन् ।
उनले भने,‘राष्ट्रपति रामचन्द्र पौडेलले शासक दलका कार्यकर्ता ज्यान मारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत छ । राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन होईन् ।’

उनले सरकारले नेपाल र नेपालीलाई सिकिम जस्तै गराउने प्रस्ताव राखेपनि राष्ट्रपतिले समर्थन गर्न नमिल्ने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?