आजै बझाङमा ३ पटक भूकम्पको धक्का : भारतमा पनि ठूलो धक्का

लोकपथ
441
Shares

काठमाडौं । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर ३ वटा भूकम्पको धक्का महसुुस भएको छ ।

आज दिउँसो २ः४० बजे ५ दशमलव ३ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै दोस्रो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । जसले गर्दा बझाङमा केही क्षती भएको छ । भने तेस्रो धक्का ३ बजेर ४५ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पको पटकपटक धक्काका कारण केही घरहरु भत्किएको विवरणहरु आए पनि मानवीय क्षती भने नभएको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सत्यकुमाुरी जोशीले लोकपथलाई जानकारी दिइन् ।

‘भूकम्पको पटकपटक धक्का महसुस भएको छ । जसको कारण केही घरहरु भत्किएका खबरहरु आएका छन् । तर कुनै धनजनको क्षती भने भएको खबर आएको छैन ।’ उनले भनिन् ।

त्यस्तै उक्त भूकम्पको धक्का आसपासका जिल्लासहित भारतमा समेत धक्का महसुस भएको छ । हिमालयन टाइम्सका अनुसार नेपालको भूकम्पको धक्का भारतका उत्तरी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?