नेत्रविक्रम चन्द समूह ठूलो चुनौती होइन् : गृहमन्त्री थापा

सुर्खेत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लाई कानूनी प्रक्रियाबाटै समाधान गरिने बताएका छन् । 

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै नेत्रविक्र चन्द समूह त्यति ठूलो चुनौती नभएको बताएका हुन् । र यसलाई कानूनी प्रक्रियाबाटै समाधान गरिने बताएका हुन् ।

‘हामीले हिजो उनीहरुका गतिविधिलाई उन्मुक्ति दिँदा हौसला बढेको मात्र हो, यो खासै ठूलो चुनौतीको विषय होइन, संविधान हातमा लिएर गतिविधि गरे कानूनी प्रक्रियाबाट निष्तेज पारिनेछ, र लोकतान्त्रिक प्रक्रियाबाट वार्तामार्फत समस्या समाधान गर्न पनि सरकार तयार छ ।’  उनले भने । 

अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई राजयसत्तामा रहेका समस्या समाधान भइसकेको बताउँदै गृहमन्त्री थापाले भने यो अस्थामा कसैले विद्रो गर्छु भन्दैमा सफल नहुने बताए । 

‘जनताको समर्थन नहुँदा चन्द नेतृत्वको नेकपा आफैँ निष्तेज हुन्छ’ उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?