न्यायलयलाई गठबन्धनको विभाग बनाउन खोजियो : अध्यक्ष ओली

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकाले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको भन्दै न्यायलयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका हुन् ।

‘गठबन्धनले जन्माएको दुई वटा सरकारले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको छ । न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ?’ उनले भने, ‘सम्भव छैन । हामी पनि छौँ यो देशमा । हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ । तपाईँहरूको विभाग बनाउन दिँदैनौँ ।’

उनले न्यायाधीश नियुक्ति र सरुवा आइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान रहन समेत हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?