काठमाडौं । बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा भूकम्प गएको जनाइएको छ ।
भूकम्पका कारण बझाङमा केही घरहरु भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया