काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ ।
नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्दै छन् ।
नेकपा प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिएका छन् । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।
आमसभा शनिवार मध्याह्न १२ बजेदेखि शुरु हुनेछ । विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रशारण गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया