नुवाकोटमा हराएको तीन दिनपछि जंगलमा शव भेटियो

नुवाकोट, ९ कात्तिक – विदुर नगरपालिका–२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत्त अवस्थामा भेटिएका छन् सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी आज विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?