काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणको छानबिनका लागि बनेको उच्चस्तरीय कार्यदलमा सरकारले आफ्ना मान्छेहरु राखेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सुन प्रकरणको छानबिनको कार्य दल ४ जनाको बनाउने भन्ने सहमति भएपनि ४ जना बनाएको प्रति आपत्ति जनाए । त्यसमा पनि सरकारले एक जना आफ्नो मान्छेलाई राखेको टिप्पणी गरे ।
‘तीन जान राख्नुपर्ने कुरा भएको थियो । तर चार जना राखियो । आफ्ना मान्छेहरु राख्नुपर्ने भएको कारणले त होला नी ।’ ओलीले भने ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी सुनको छानबिन गर्नका लागि पूर्व न्यायाधीशको नेतृत्वमा कार्यदल बनाइएको छ ।
सरकारले आफूविरुद्ध बुख्याचा खडा गरेको समेत टिप्पणी गरे ।
त्यस्तै तत्कालिन नेकपाको नेतृत्वमा आफू प्रधानमन्त्री भएका बेला आफैँले शान्ति प्रक्रियाको काम टुंगाउँ भन्दा पनि तत्कालिन नेकपाका अध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन नलागेको आरोप लगाए ।
‘मैले शान्ति प्रक्रियाको कुरा गर्दा मेरै छेउमा बसेको को चियरर्सनबाट सहयोग पाइन ।’ उनले भने ।
त्यस्तै फागुन १ गते सरकारले जनयुद्द दिवसका अवसरमा दिइएको बिदाबारे टिप्पणी गरे । उनले द्धन्द भएको दिनको अवसरमा सरकारले भोज भतेर गर्न बिदा दिएको टिप्पणी गर्दै त्यो बिदा हटाउन समेत आग्रह गरे ।
त्यस्तै नेपाली कांग्रेसले द्धन्दमा आफ्ना कार्यकर्ता मारिँदा पनि सरकारमा सामेल भएको नाताले कुनै विरोध नगरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया